रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र बिपरित दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
घटनापछि मृतकका परिवार र बस संचालक बीच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो।
छलफलमा सहमति नजुटेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन्।
राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी अलपत्र परेका छन् । मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन्।
तस्बिरहरूः
-ink-1765014260.jpeg)
-ink-1765014259.jpeg)
-ink-1765014259.jpeg)
-ink-1765014259.jpeg)
-ink-1765014259.jpeg)
-ink-1765014258.jpeg)
-ink-1765014258.jpeg)
-ink-1765014257.jpeg)
-ink-1765014258.jpeg)
-ink-1765014257.jpeg)
तस्बिर/भिडियो: श्याम पूर्ण श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी