रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
रून्टीगढी गाउँपालिका– ९ का ५२ वर्षीय मोहन बस्नेतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार होलेरीबाट भित्री सडक खण्ड हुँदै रुन्टीगढी– ९ सखीतर्फ जाँदै गरेको लु ३ त ७११६ नम्बरको ट्र्याक्टर शनिबार दिउँसो आफै अनियन्त्रित भई सडकदेखि झन्डै १५ मिटर तल खसेको थियो।
गम्भीर घाइते बस्नेतलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले शनिबार राति ९ बजेपछि मृत घोषणा गरेका थिए।
बस्नेतको शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ।