काठमाडौंको ठमेलस्थित घरमा आगलागी भएको छ।
आइतबार बिहान साढे १० बजे काठमाडौं महानगरपालिका-२६ बुद्धबार गल्लीको एक घरमा आगलागी भएको हो। उक्त आगलागी सवा ११ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार प्रशन्न राणाको घरको चौथो तलामा रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी थियो। गोबिन्द भट्टले रेष्टुरेन्ट सञ्चालन गर्न डेकोरेसनको काम भइरहेको थियो।
त्यही क्रममा बिजुली सर्ट भएर आगलागी भएको हो।
आगो फैलिएर त्यस घर र सँगै जोडिएको अर्को घरमा पनि केही क्षति भएको छ। प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ।