नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिएका छन्।
भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा मुछिएका उनी पोखरा विमानस्थलको भ्रष्टाचारमा जोडिएका हुन्।
प्राधिकरणका महानिर्देशक अधिकारीको पनि संलग्नता देखिएकाले उनीविरूद्ध पनि मुद्दा चलेको अख्तियार स्रोतले जानकारी दिएको छ।
अख्तियारले आइतबार ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरूद्ध पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ।
तर अहिलेसम्म मुद्दा दर्ता भइसकेको भने छैन। रूजु हुने काम भइरहेको छ।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले महानिर्देशकसहित ६ जनाविरूद्ध मुद्दा दायर गरिसकेको छ।