शीत भण्डार निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादीले सफाइ पाएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारीसहित प्रतिवादीले सफाइ दिएको विशेष अदालतको फैसलाप्रति चित्त नबुझेको भन्दै आइतबार सर्वोच्चमा पुनरावेदन पेस गरेको हो।
पूर्वसचिव भारीसहित प्रतिवादीलाई विशेष अदालतले २०८१ वैशाख १० गते सफाइ दिएको थियो।
अख्तियारले २०८० साउन २५ गते कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
उनीहरूले शीत भण्डार (कोल्ड स्टोर) निर्माणका क्रममा नगरेको काम गरेको भनी निर्माणकर्तालाई रकम भुक्तानी गरेर ९२ लाख रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।