दाङको तुलसीपुरमा बोल्न नसक्ने आमामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिकामा ५६ वर्षीया आफ्नी बोल्न नसक्ने आमामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षीय छिमेकी पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए।
घरमा कोही नभएको मौका छोपी छिमेकीले यौन हिंसा गरेको प्रहरीले जनाएको छ।
पीडितका श्रीमानले आइतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। यो घटना मंसिर १६ गते बिहान घटेको थियो।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।