काठमाडौंबाट ५७ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
प्रहरी वृत्त कालिमाटीको टोलीले ५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
काभ्रे नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
कुलेश्वरको चुन्ने पाखा टोलमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानका लागि उनीमाथि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ।