सरकारले सह-सचिव राजेन्द्र पौडेललाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी गराए।
पौडेल हाल अख्तियार दुरूपयोग अनुसन्धानको प्रवक्ताको जिम्मेवारीमा छन्।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा पौडेलको, दोस्रोमा कमलप्रसाद भट्टराई र तेस्रोमा इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो।
तीन जनामध्ये पौडेलको बढुवा भएको हो।