‘जुनारको राजधानी’ का रूपमा परिचित सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीन दिने जुनार महोत्सव सुरू भएको छ।
‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान’ र ‘गोलन्जोरको जुनार, समृद्धिको आधार’ भन्ने नारासहित गोलन्जोर गाउँपालिकाको आयोजनामा महोत्सव सुरू गरिएको हो।
महोत्सवले यस क्षेत्रको पहिचान बनेको जुनारलाई थप प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाइएको छ।
महोत्सवमा किसानहरूले आफ्नै बगैँचामा उत्पादन भएका जुनारबाट तयार पारिएका जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका प्रशोधित खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखेका छन्।
आगन्तुकले स्थानीय उत्पादनको स्वाद चाख्नसहित यसको मूल्यवर्धन प्रक्रिया नजिकबाट बुझ्ने अवसर पाउने आयोजकहरूको भनाइ छ।
तीन दिनसम्म चल्ने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धन, रोग व्यवस्थापन, बजार विस्तार र प्रशोधनका सम्भावनाबारे छलफल हुने जनाइएको छ।
स्थानीयस्तरमा कृषिको व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनमा यस महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ।
-1765288034.jpg)
-1765288032.jpg)
-1765288032.jpg)
-1765288030.jpg)
-1765288031.jpg)
-1765288029.jpg)
-1765288028.jpg)
-1765288028.jpg)
-1765288026.jpg)
-1765288027.jpg)
-1765288027.jpg)
-1765288027.jpg)
-1765288026.jpg)
-1765288025.jpg)