भक्तपुरको सल्लाघारीमा आजदेखि सुरू हुने नेकपा एमाले महाधिवेशनका लागि अहिलेसम्म करिब चार सय गाडीहरू काठमाडौं उपत्यका प्रवेश गरेका छन्।
शनिबार बिहानसम्म काठमाडौं उपत्यका भित्र ३९६ वटा साना र ठूला गाडी प्रवेश गरेको प्रहरी स्रोतले बताएको छ।
ती सवारीसाधनमा १४ हजार भन्दा बढी मानिसहरू रहेको आकलन गरिएको छ।
आजदेखि सोमबारसम्म एमालेको महाधिवेशन चल्नेछ।
यो कार्यक्रमका लागि देशभरिबाट एमाले कार्यकर्ताहरू काठमाडौं आउँदैछन्।