अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा गोली चलेको छ।
आइतबार मानिसहरूको भिड रहेको समुद्री किनारमा दुई जना संदिग्धले गोली चलाएका थिए।
उनीहरूले चलाएको गोली लागेर ९ जना सर्वसाधरणको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
साथै २ जना प्रहरीसहित ११ जना घाइते भएका छन्।
गोली चलेको समयमा समुद्री किनारमा कार्यक्रमसमेत भइरहेको थियो।
दुई जना संदिग्धले पार्किङमाथिको पुलमाथि बसेर भिडतिर गोली चलाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ।
गोली चलाउने एक जना व्यक्तिलाई सर्वसाधारणले नियन्त्रणमा लिएको थियो। ती व्यक्तिको पनि जबाफी गोली प्रहारमा मृत्यु भएको बिबिसीले जनाएको छ।
एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।
कार्यक्रम भइरहेको स्थानमा २ सय जनाभन्दा बढी उपस्थिति थियो।
घटनाबारे सिड्नी प्रहरीले अनुसन्धान गरिरहेको छ।