पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो क्रममा छ।
जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ।
काठमाडौं उपत्यका बिहानीपखको न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस मापन भएको थियो।
दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने अनुमान छ।
उपत्यकामा बिहानको समयमा बाक्लो कपडा लगाउने र आगो ताप्न सुरू भइसकेको छ।
विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन्।
तस्बिरहरूः











तस्बिर : नेपाल फोटो लाइब्रेरी।