नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रिता सिंह वैद्यको निधन भएको छ।
उनी गणेशमान र मंगलादेवी सिंहकी जेठी छोरी हुन्।
रिताको उपचारका क्रममा आज मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी लामो समयदेखि बिरामी थिइन्।
शोभा भगवतीमा उनको आजै अन्त्येष्टि गरिनेछ।