टुकुचा खोला पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ।
नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ।
एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ।
परियोजनाको ठेक्का प्रशान्त-कालिका-सनेट जेभीले लिएको छ।
केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए।
तस्बिरहरूः
-ink-1766118331.jpeg)
-ink-1766118330.jpeg)
-ink-1766118330.jpeg)
-ink-1766118329.jpeg)
-ink-1766118329.jpeg)
-ink-1766118329.jpeg)
-ink-1766118328.jpeg)
-ink-1766118328.jpeg)
-ink-1766118327.jpeg)
-ink-1766118327.jpeg)
-ink-1766118327.jpeg)
-ink-1766118327.jpeg)
-ink-1766118326.jpeg)
-ink-1766118326.jpeg)
-ink-1766118326.jpeg)
-ink-1766118325.jpeg)
-ink-1766118325.jpeg)
-ink-1766118325.jpeg)
-ink-1766118330.jpeg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी