राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भरतपुर विमानस्थल पुगेका छन्।
भैरहवामा मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी चितवन गएका हुन्। त्यहाँबाट उनी गाडीमा भैरहवा जाने भएका हुन्।
रास्वपाका नेताहरूले सभापति लामिछाने भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा भैरहवा जाने बताएका छन्।
लामिछाने सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा नख्खु कारागारमा पुर्पक्षमा थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालती प्रक्रिया पूरा गर्न लामिछाने भैरहवा जान लागेका हुन्। त्यहाँ उनले एक करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको हो।