तमु (गुरूङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को शुभ अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ।
तमु (गुरूङ) समुदायले हरेक वर्ष पुस १५ गते पुरानो ल्होको विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने परम्परा अनुसार ल्होसार पर्व मनाउँदै आएका छन्। यसै सन्दर्भमा त–ल्हो ल्होसारको अवसर पारेर कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सागर गुरूङले जानकारी दिए।
कार्यक्रम राजधानीमा अवस्थित तमु ह्युला छोँज धीं गुरूङ राष्ट्रिय परिषदको कार्यालय, गोंगबुमा सम्पन्न भएको हो।
तमु समुदायको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ल्होसार पर्वको अवसरमा आपसी सद्भाव सुदृढ गर्दै शुभकामना आदान–प्रदान र सांस्कृतिक एकताको सन्देश फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ।
तस्बिरहरू:
-1766213590.jpg)
-1766213590.jpg)
-1766213589.jpg)
-1766213589.jpg)
-1766213589.jpg)
-1766213589.jpg)