नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडिओलाई बालिकाका साथी तथा आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।
कैलाली धनगढीका २७ वर्षीय सन्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
उनले नक्कली सामाजिक सञ्जालमार्फत नाबालिकासँग साथी बनेर नग्न तस्बिर र भिडिओ माग गरेको खुलेको छ।
विभिन्न दबाब र प्रभावमा पारेर नियमित रूपमा अश्लिल गतिविधि गर्न लगाएको आरोप छ। नाबालिकाले नमानेपछि उनले तस्बिर/भिडिओ विद्यालयका साथी र आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ।
अनुसन्धानबाट आरोपी चन्द रहेको खुलेपछि ब्युरोले कैलालीबाट उनलाई पक्राउ गरेको हो।