जेनजी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरूद्ध प्रदर्शन जारी राखेका छन्।
सरकारले जेनजी विद्रोहको भावनाअनुरूप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका हुन्।
यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो।
प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो,’ ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल,’ ‘घाइतेका माग पूरा गर,’ ‘जेन–जीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लाकार्ड बोकेका छन्।
केही जेनजी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।
आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।–न्युज एजेन्सी नेपाल
-1766481584.jpg)
-1766481583.jpg)
-1766481582.jpg)
-1766481582.jpg)
-1766481581.jpg)
-1766481583.jpg)
-1766481581.jpg)
-1766481579.jpg)
-1766481580.jpg)
-1766481580.jpg)
-1766481580.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी