नेपाली सेनामा सहायक रथीबाट उपरथी पदमा बढुवा भएका प्रकाशराज थापाले दर्ज्यानी चिन्ह पाएका छन्।
मंगलबार जंगी अड्डामा प्रधान सेनापति अशोकराज सिग्देलले थापालाई उपरथी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
थापा पुस ३ गते बढुवा भएका थिए।
यस्तै प्रधान सेनापति सिग्देलले सहायक रथीमा बढुवा भएका दुई जना महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।