भारतकाे मुम्बईमा आयाेजित राेबाेवारमा नेपाल विद्यार्थी संघकाे टिमले स्वर्ण पदक जितेको छ।
नेविसंघले प्रस्तुत गरेको टिम नेपाल-क्वान्टमलिप, बलियो भेन्चर्सले भारतको आईआईटी बम्बेमा आयोजित अन्तर्राष्ट्रिय राेबाेवार्स प्रतिस्पर्धामा उपाधि जितेकाे हाे।
आइआइटी मुम्बई टेकफेस्टमा आयोजित यस प्रतियोगितामा ६५ भन्दा बढी देशका टिमहरू सहभागी रहेको र नेविसंघद्वारा प्रस्तुत टिमले स्वर्ण पदक जितेको अध्यक्ष दुजाङ शेर्पाको भनाइ छ।
नेपालबाट सहभागी भएका ७ टिममध्ये बलियो भेन्चर्सले फाइनल जितेको हो।