रोल्पामा एक जना जेष्ठ नागरिक खोला किनारमा मृत अवस्थामा फेला परेका छन्।
लुङग्री गाउँपालिका–६ घमरूकका ८२ वर्षीय खम्बे पुन मगर घरदेखि झन्डै डेढ किलोमिटर उत्तर पूर्वमा पर्ने धारावाङ खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्।
मगर पुस २ गते दिउँसो घर परिवार कसलाई नसोधी घर छोडी हिँडेको भन्ने खुलेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए। मगर बेपत्ता भएकोबारे घर परिवारले प्रहरीलाई खोजीका लागि आग्रह गर्दै आएका थिए।
स्थानीयले सुरूमा खोला किनारमा वृद्ध मानिस मृत फेला परेको सूचना प्रहरी चौकी झिलाङनीलेमा खबर गरेका थिए।
प्रहरी चौकी झिलाङनीबाट प्रहरी सहायक निरीक्षक अर्जुन पाण्डे नेतृत्वमा तीन जनाको प्रहरी टोली सुरूमा घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरी नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघातर्फ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।