पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा शनिबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मोटरसाइकल र एसयुभी एकापसमा ठोक्किँदा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मोहम्मद नदिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदिमले स ६ प ८६१ नम्बरको मोटरसाइकल चलाएका थिए। बाक्लो कुहिरोको कारण विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०७२ ब ००८२ नम्बरको गाडी र नदिमको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
नदिमको सिराहास्थित सहजा अस्पतालमा उपचार क्रममा मृत्यु भएको सिराहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
त्यस्तै मोटरसाइकलमा सवार करिब २२ वर्षीय सैतुल्ला मियाँको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनापछि गाडी सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त छ।