काठमाडौंमा एक जना पुरूष पेस्तोलसहित पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरी छन्।
उनी फागुन १ गते बिहान बा १९ च ६९० नम्बरको कारमा चितवनबाट काठमाडौं आउँदै थिए। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक गरेको थियो।
त्यसक्रममा कारमा रहेको झोलाभित्र पेस्तोल र चार राउण्ड गोली फेला परेको हो।
पेस्तोल, गोलीसहित प्रहरीले पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।