कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ।
तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उनले बताए।
सडक पहुँच पुग्न नसकेको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन्। उक्त मतदानस्थलमा मतदान गर्न जाने मतदाताहरू यस आसपासका क्षेत्र घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा, सिनुवाबाट दुई घण्टा पैदल हिँडेर पुग्ने गरेको स्थानीवासी एवं छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए।
उनका अनुसार यस क्षेत्रका अशक्त मतदाताले घोडाको प्रयोग गरेर मतदानस्थल पुग्ने गरेका छन्।
जिल्लामा कुल मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा छन् भने १४ वटा वडा कार्यालय र तीनवटा सामुदायिक भवनमा रहेका छन्।
मतदानस्थलको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थालगायत विषयमा स्थलगत अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए।
बीचमा माछापुच्छ्रे र रुपा गाउँपालिकाका मतदानस्थलको अनुगमन भइसकेको र अन्नपूर्ण तथा पोखरा महानगरका केही मतदानस्थलको अनुगमन हुने क्रममा रहेको उनले बताए।
प्राविधिक टोली मजबुत बनाउने विषयमा उनले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल आवश्यक रहेको बताए।
भने, ‘नेपाल क्रिकेटलाई सुधार्ने हो भने एउटा बलियो संरचना हुनुपर्छ। जब खेलाडीहरूलाई आफ्नो स्थान सुरक्षित राख्न प्रदर्शन गर्नैपर्ने दबाब हुन्छ, तब मात्र टोली राम्रो हुन्छ।’
स्कटल्यान्डविरूद्ध नयाँ खेलाडी मौका पाउने विषयमा उनले आफूले यसको जवाफ दिन नसक्ने बताए।