रौतहटको चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ।
शनिबार रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा मंगलबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर गरिएको थियो।
बिहान घटनास्थल पुगेको सेनाले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो।
डिस्पोजका क्रममा शंकास्पद वस्तु नरहेको पाइएको प्रहरीले जनाएको छ।
'माटो, हेलमेट, प्रचारप्रसार सामग्री, नमुना मतपत्र राखिएको भेट्यौं। शंकास्पद केही छैन,' डिएसपी बस्यालले भने।