काठमाडौंका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लाग्न थालेको छ।
मध्यपूर्वमा तनाव र त्यसपछि विकसित घटनाक्रमसँगै नेपालका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको हो।
मोटरसाइकल सहित लाइनमा रहेका एक युवकले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति घट्न सक्ने हल्ला चलेकाले आफू पेट्रोल भर्न आएको बताए।
आइतबारदेखि नै राजधानीका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको थियो।
नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको र आगामी दिनमा पनि सहज हुने बताउँदै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
निगमले भण्डारण गर्दा दुर्घटनाको खतरा बढ्ने भनेर पनि सतर्क गराएको छ।
तस्बिरहरूः
-ink-1772514686.jpeg)
-ink-1772514685.jpeg)
-ink-1772514685.jpeg)
-ink-1772514684.jpeg)
-ink-1772514684.jpeg)
-ink-1772514682.jpeg)
-ink-1772514682.jpeg)
-ink-1772514683.jpeg)
-ink-1772514683.jpeg)
-ink-1772514683.jpeg)