डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ६ फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन प्रहरी बिरामी परेका छन्।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी दुनै पुर्याइएको छ।
निर्वाचन कर्मचारी र निर्वाचन प्रहरी लेक लागेर बिरामी परेका थिए। उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी आज दुनै पुर्याइएको र जिल्ला अस्पताल भर्ना गरिएको नेपाली सेनाले जनाएको छ।
भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।