नेपाली सेनाले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन गैरराजनीतिक चरित्र कायम गरी सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।
बुधबार अपिल जारी गर्दै सेनाले सबै निकायसँग आवश्यक समन्वय र सहकार्य गरी काम गरिरहेको स्पष्ट पारेको हो।
‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र महकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,’ अपिलमा भनिएको छ।
त्यस्तै, नेपाली सेनाविरूद्ध प्रसारित भ्रामक सूचना विश्वास नगर्न पनि अपिल गरेको छ।