झापाको विर्तामोड नगरपालिका–५ भद्रपुर रोड क्षेत्रबाट नमूना मतपत्र सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो करिब पौने २ बजे नेपाल प्रहरी अन्तर्गत प्रहरी नायब उपरीक्षकको टोलीले सोही स्थानमा बस्ने ५१ वर्षीय राजुजंघ कन्दङवालाई ५६५ प्रति ठूलो र २७ प्रति सानो नमूना मतपत्र सहित नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद गरेको नमूना मतपत्रसहित उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन क्षेत्र नं. २ निर्वाचन कार्यालय, शनिश्चरेमा बुझाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।