प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मोरङको एक मतदान केन्द्रमा असमझदारी भएको छ।
बुधबार साँझ करिब ७ बजेतिर, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा खटिएका मतदान कर्मचारी र एक सहायक कर्मचारीबीच झैझगडा भएको छ।
नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रका सहायक पाँचौं तहका कर्मचारी ३७ वर्षीय रञ्जित सिवाले मतदान अधिकृत र अन्य कर्मचारीहरूसँग गालीगलौज गर्दै निर्वाचन प्रक्रियामा अवरोध उत्पन्न गरेको जनाइएको छ।
यस घटनापछि, इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिएको प्रहरी टोलीले रञ्जितलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सिजुवामा ल्याएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।
रञ्जित रंगेली नगरपालिका–२ का बासिन्दा हुन्।