काठमाडौंको शंकरापुर नगरपालिका-९ मा भेटिएको शंकास्पद झोला भित्र ढुंगा रहेको पाइएको छ।
बिहीबार बिहान ५ बजे इन्द्रायणि वोक नजिक बीच सडकमा शंकास्पद झोला फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शंकास्पद झोला भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको थियो।
सेनाको टोली आएर हेर्दा उक्त झोलामा चार वटा ढुंगा रहेको भेटिएको प्रहरीले जनाएको छ।