वुमन सर्जन्स अफ नेपालको अध्यक्षमा प्रा.डा.पलेस्वाँ जोशी लाखे चयन भएकी छन्।
वुमन सर्जन्स अफ नेपालको साधारण सभाले लाखेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।
त्यस्तै, महासचिवमा डा. क्षतेन योञ्जन तामाङ र कोषाध्यक्षमा डा. सुजिता हिराचन चयन भएकी छन्। डा.नम्रता खड्का सदस्यमा चयन भएकी छन्।
नारी दिवस २०२६ को अवसर पारेर संस्थाले डा. प्रतिभा धौबडेलको स्मृतिमा उनको परिवारद्वारा स्थापना गरिएको डा. प्रतिभा धौबडेल मेमोरियल स्कलरसिप समेत वितरण गरेको छ।
विभिन्न विधामा सर्जरी अध्ययन गरिरहेकाहरूले छात्रवृत्ति पाएका छन्।
छात्रवृत्ति पाउनेमा डा. ईशा दाहाल, डा. दक्षता शाक्य, डा. रश्मी पुडासैनी छन्। उनीहरूले १ लाख रुपैयाँ छात्रवृत्ति पाएका छन्। त्यसैगरी डा. सीमा परवीन,डा. सृजना न्यौपाने, डा. उरूषा पाठक, डा. निहारिका मालेगो र डा. शिवानी पाख्रिन छन्।
उनीहरूले जनही ५० हजार रुपैयाँ छात्रवृत्ति पाएका छन्।