काठमाडौंको मौसम धुम्मिएको छ। त्यसो त काठमाडौंमा राम्रोसँग घाम नलागेको तीन दिन भयो।
आकाशमा डम्म बादल लागे पनि पानी भने पर्न सकेको छैन। आइतबार बिहानीपख फाट्टफुट्ट वर्षा भएको थियो। दिउँसो पानी नपरे पनि मौसमका खासै सुधार देखिएको छैन।
काठमाडौंको मौसम धुम्मिनुको कारण आकाशमा डम्म बादल लाग्नु मात्रै होइन, पर्यावरण धुवाँ–धूलोले ढाक्नु हो।
काठमाडौंको वायुमण्डलमा धुवाँ–धूलो जमेर बसेको छ। ठूलो हावा नचल्दा, ठूलो पानी नपर्दा यसमा सुधार आएको छैन। बरू प्रदूषण बढ्दै गएको छ।
वातावरण विभागकाअनुसार काठमाडौंको पछिल्लो एकघन्टाको अवधिमा काठमाडौंको शंखपार्कको वायु शुद्धता सूचकांक १८४ पुगेको छ। भक्तपुरको १८१ पुगेको छ।
वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ।
तस्बिरमा हेर्नुहोस् आज तुवाँलोले ढाकेको काठमाडौंको अवस्था–
-ink-1772972890.jpeg)
-ink-1772972889.jpeg)
-ink-1772972888.jpeg)
-ink-1772972889.jpeg)
-ink-1772972886.jpeg)
-ink-1772972886.jpeg)
-ink-1772972885.jpeg)
-ink-1772972884.jpeg)
-ink-1772972887.jpeg)
-ink-1772972883.jpeg)
-ink-1772972891.jpeg)
-ink-1772972884.jpeg)
-ink-1772972885.jpeg)
-ink-1772972884.jpeg)
-ink-1772972883.jpeg)
-ink-1772972889.jpeg)
-ink-1772972889.jpeg)