ललितपुरको कुसुन्तीबाट एउटा चितुवाको उद्धार भएको छ।
मंगलबार बिहान साढे ९ बजेतिर ललितपुर महानगरपालिका-१३ कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कुलबाट चितुवाको उद्धार भएको हो।
उक्त स्कुलमा चितुवा पसेपछि प्रहरी खटिएको थियो।
प्रहरीले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगेको थियो।
सदर चिडियाखाना जावलाखेल र जिल्ला वन कार्यालयसँग समन्वय गरी चितवाको उद्धार भएको छ।
चितुवालाई सदर चिडियाखानामा लगिएको छ।