सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ।
सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए।
'सुतली बम हो कि के हो भन्ने कुरा हामी बुझ्दैछौं। नेपाली सेनाको टोली आउँदैछ,' एसपी पाठकले भने, 'ल फर्मकै एक जना व्यक्ति घाइते भएका छन्। उहाँको परिचय हामी खोज्दैछौं।'
प्रहरी अहिले घटनास्थलमा पुगेको छ।
सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।