नारायणघाट-मुग्लिन सडकको तुइन खोला क्षेत्रमा सडक छेउमा फ्लड लाइट जडान गरिएको छ।
रातको समयमा ढुंगा खस्ने जोखिम रहेकाले सतर्कताका लागि लाइट जोडिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ।
बिहीबारको हिउँदे वर्षापछि तुइन खोलास्थित सडकमा भिरबाट ढुंगा खस्न थालेको थियो।
वर्षायाममा यहाँ खसेको पहिरोका कारण लामो समय राजमार्ग अवरूद्ध भएको थियो।
सडक डिभिजन कार्यालयले पुल नजिकै माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने सम्भावना रहेकाले रातको समयमा स्पष्ट देख्न सकिनेगरी २ वटा फ्लड लाइट जडान गरिएको जनाएको छ।