रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका-१० टोड्के घर भई मुसिकोट नगरपालिका-१ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो।
शनिबार दिउँसो ३ बजे उनी मुसिकोट-१ बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। झन्डै २०० मिटर तल हामफालेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
महेन्द्र कक्षा १२ मा अध्ययनरत थिए।
हाम फाल्नुअघि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर घरपरिवारसँग माफी मागेका थिए।
किशोरले पुल बाट हाम फालेको खबर पाएपछि इन्स्पेक्टर पुनको नेतृत्वमा दश जनाको प्रहरी टोली घटनास्थल पुगेका थिए।
महेन्द्रको शव शनिबार नै प्रहरीले अस्पताल पुर्याएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।