सुर्खेतमा तीन आमा छोरा र छोरी भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ ।
जिल्लाको गुर्भाकोट नगरपालिका – १२ की ३१ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ६ वर्षका छोरा भेरी नदीमा बेगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी धिरजराज शाहीले जानकारी दिए।
एसपी शाहीका अनुसार आइतबार दिउँसोदेखि खोजी कार्य जारी रहे पनि फेला पार्न सकिएको छैन।
वडाध्यक्ष तुल्सीप्रशाद शर्माले गुर्भाकोट – १२ खैरेनी टापुस्थित भेरी नदीको किनारमा मायाको सल, छोरा छोरीका चप्पल, कपडा, ब्याग र पैसासमेत फेला परेको बताए।
बेपत्ता माया ३३ वर्षीय भूपेन्द्र कठायतकी श्रीमती हुन्। वडाध्यक्ष शर्माका अनुसार घटना भन्दा तीन दिन पहिले भूपेन्द्र र मायाको घरमा झगडा परेको थियो। त्यसपछि माया आफ्ना सन्तानसहित गुर्भाकोट – १२ मै पर्ने आफ्नो काकाको घरमा पुगेकी थिइन्।
भूपेन्द्र शनिबार मात्रै काकाको घरमा गइ बसेकी माया र छोरा छोरीलाई लिन गएका थिए। मायाले आइतबार बिहान घर फर्किने भन्दै श्रीमान भूपेन्द्रलाई घर फर्काएकी थिइन्।
भूपेन्द्र शनिबार बेलुकी नै घर फर्किएका थिए।
श्रीमान– श्रीमति बीचको सहमति अनुसार माया काकाको घरबाट छोरा छोरी लिएर घर जान्छु भनेर हिँडेकी थिइन्। तीन आमा छोरीलाई टाढै बाट स्थानीयले भेरी नदी किनारमा हिँडिरहेको देखेका थिए।
दिउँसो भेरीको ‘खैरेनी टापु’मा लत्ता, कपडा, झोला र पैसासमेत फेला परेपछि अनुसन्धानका क्रममा ती सामान माया र उनका सन्ताको भएको खुलेको थियो। दिउँसो ३ बजेपछि उनीहरुको खोजी सुरु भएको थियो।
‘गोताखोरसहितका सुरक्षाकर्मीले खोज तलास गर्दा पनि माया र उनका सन्तानलाई फेला पार्न सकिएन,’ एसपी शाहीले भने ‘बेत्तपा आमा छोरा र छोरीको खोजी कार्य जारी राखिएको छ।’