नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ।
प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ महाधिवेशन सुरू भएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका छन्।
उद्घाटनअघि भृकुटीमण्डपबाट विभिन्न जातजातिका झाँकीसहित सांस्कृतिक र्याली निकालिएको थियो।
महाधिवेशनमा देशभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
‘पहिचानको आधारमा प्रदेशहरूको पुनःनामाङ्कन र प्राकृतिक स्रोतमा अधिकार’ भन्ने नारासहित आयोजना गरिएको महाधिवेशनमा आदिवासी जनजातिका समसामयिक मुद्दाहरूमा छलफल हुने बताइएको छ।
नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्नेछ।
चैत ६ गतेसम्म सञ्चालन हुने महाधिवेशनलाई आदिवासी समुदायको हक–हित संरक्षणका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
-1773914399.jpg)
-1773914398.jpg)
-1773914397.jpg)
-1773914397.jpg)
-1773914397.jpg)
-1773914398.jpg)
-1773914396.jpg)
-1773914396.jpg)
-1773914396.jpg)
-1773914396.jpg)
-1773914394.jpg)
-1773914394.jpg)
-1773914395.jpg)
-1773914394.jpg)
-1773914394.jpg)
-1773914393.jpg)
-1773914393.jpg)
-1773914393.jpg)
-1773914393.jpg)
-1773914392.jpg)
-1773914392.jpg)
-1773914391.jpg)
-1773914391.jpg)
-1773914392.jpg)