सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ।
राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।