राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला अधिवेशनबाट भरत कँडेल जिल्ला सभापतिमा चयन भएका छन्।
विराटनगरमा सम्पन्न भएको निर्वाचनमा कुल ४८६ मत खसेको थियो। कँडेलले २८३ मत प्राप्त गरेका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी कोषराज खनालले १३४ मत ल्याउँदा अर्का उम्मेदवार सागर फुयाँलको पक्षमा ५६ मत मात्र पर्यो। राजनीतिमा आउनुअघि शिक्षण पेसामा आबद्ध कँडेल रास्वपा मोरङका संस्थापक सभापति समेत हुन्।
उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन।
जिल्ला कार्यसमितिको सचिव पदमा दिवस नेपाल निर्वाचित भएका छन्। नेपालले १३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सुरेश श्रेष्ठले १२४ मत ल्याए।
यसैगरी, सह-सचिव सिर्जना गिरी निर्वाचित भएकी छन। गिरीले ३२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सन्तोष सिंहले १४६ मत पाएका छन्।