सुर्खेतमा गाडी दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
घाइते पाँचै जनालाई उद्धार पछि उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पठाइएको छ।
छिन्चु सुर्खेत सडकखण्ड अन्तर्गत भेरीगंगा नगरपालिका–१२ पारुलेमा अनियन्त्रित भई भे १ प १७८६ नम्बरको गाडी दिउँसो सवा ३ बजेतिर दुर्घटनामा परेको हो।
सुर्खेत प्रहरीका अनुसार गाडी झन्डै ३० मिटर मुनी खसेको छ।