कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१६ की एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धनगढी–१६ का २१ वर्षीय प्रदीप चन्द सहित दुई जना छन्। पक्राउ परेकामध्ये एक जनाको उमेर १६ वर्ष र अर्काको उमेर १७ वर्ष छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार किशोरी एक जना १६ वर्षीय किशोरसँग प्रेम सम्बन्धमा थिइन्। जेठ २१ गते राति सल्लाहमै उनीहरू खेतबारीमा भेट्न गएका थिए।
घटनापछि आइतबार पीडित किशोरीले प्रहरीमा पुगेर किटानी जोहरी दिएकी थिइन। जाहेरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले आरोपी तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
पीडित किशोरीको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जना बिरुद्ध ७ दिनको म्याद थप भइ करणी शिर्षकमा मुद्दा चलाउने गरि थप अनुसन्धान भइ रहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।