सरकारले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
गोरखाका ऋषिरमण खनाल महामन्त्री चयन भएका छन्। काठमाडौंका प्रेम सागर कर्माचार्य कोषाध्यक्ष चयन भएका छन्।
त्यस्तै भोजपुरका वसन्तकुमार श्रेष्ठ, दाङकी अविस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सुुनसरीका मोहम्मद आयतुल्ला, कैलालीकी मञ्जु साउद सदस्य मनोनीत भएका छन्।