काभ्रेमा यात्रुवहाक बस दुर्घटनामा परेको छ।
बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस आज दिउँसो दुर्घटनामा परेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भकुन्डेबेसी नपुग्दै बुच्चाकोटमा बस दुर्घटनामा परेको सेतोपाटीलाई बताए।
उनकाअनुसार अहिले उद्धार कार्य जारी छ।
‘घटनास्थलमा सुरक्षाकर्मीहरू पुगिसकेका छन्, उद्धार कार्य जारी छ। १५ जना घाइतेलाई अस्पताल ल्याउँदैछौं, ९ जना घाइते धुलिखेल अस्पताल ल्याइसकिएको छ,’ उनले भने।