काठमाडौं धोबीखोलामा हाम फालेकी एक महिला मृत भेटिएकी छन्।
कालोपुल र रातोपुलको बीचबाट साढे ४ बजेतिर उनले धोबीखोलामा हाम फालेकी थिइन्।
उनलाई साढे ५ बजेतिर बल्खु कुमारी क्लबभन्दा तलको खोलामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
'अन्दाजी ३५ वर्षीया महिला हुन्। तर अहिलेसम्म परिचय खुलेको छैन,' उनले भनिन्, 'के कारणले हाम फालिन् भन्ने पनि खुलेको छैन।'
प्रहरीका अनुसार उनको शवलाई पोष्टमर्टमका लागि टिचिङ अस्पतालमा पठाउने प्रक्रिया भइरहेको छ।