नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएको छ।
प्रधान कार्यालय स्रोतका अनुसार सातै जना प्रदेश प्रहरी प्रमुखलाई काठमाडौंमा साढे १२ बजेभित्र आइपुग्न निर्देशन दिइएको हो। त्यसअनुसार नै डिआइजीहरू काठमाडौं आउनेक्रम जारी नै छ।
यसैगनेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएको छ।री नेपाल प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीले प्रहरी समन्वय समिति (पिसिसी) को बैठक बोलाएका छन्।
यो बैठक दिउँसो २ बजे प्रधान कार्यालय नक्सालमा बस्ने तयारी छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने महत्वपूर्ण निर्णय लिन पिसिसी बैठक बस्ने गरिन्छ।
के विषयमा छलफल/निर्णय गर्न लागेको भन्ने विषयमा भने खुलेको छैन।