प्यूठानमा पानी भरिएको बाल्टिनमा डुबेर एक जना नाबालकको मृत्यु भएको छ।
जिल्लाको गौमुखी गाउँपालिका–७ नारीकोटका शिवलाल थापाको १७ महिने छोरा कृष थापा आफ्नै घरमा खेल्ने क्रममा बिहान पौने ८ बजेतिर बाल्टीमा रहेको पानीमा डुबेर अचेत अवस्थामा फेला परेका थिए।
अचेत अवस्थाका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पुर्याउँदा चिकित्सकले चेकजाँचपछि बिहान साढे ११ बजेतिर मृत घोषणा गरेको प्यूठान प्रहरीले जनाएको छ।
घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुजालीबासेबाट प्रहरी सहायक निरीक्षक मिनबहादुर सेनको नेतृत्वमा प्रहरी खटिएको छ।