सल्यानमा बिहीबार मध्यरातितिर भएको अटो दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अटो चालक घाइते छन्।
दुर्घटनामा परी जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको जिल्लाका प्रहरी निरीक्षक ईश्वर रोकायाले बताए।
दुर्घटनामा घाइते अटो चालक ३४ वर्षीय निर्मल कवर मगरलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पठाइएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए।
बिहीबार बिहान करिब साढे १ बजेतिर भित्री सडक खण्ड मोख्ला बजारबाट माथिल्लो मोख्लातर्फ जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो बागचौर नगरपालिका–१० माथिल्लो मोख्ला नजिकैबाट करिब ५५ मिटर तल खसेको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।