सुर्खेतस्थित कर्णाली नदीमा एक जना युवक डुबेर बपेत्ता छन्।
बाजुराको त्रिवेणी नगरपालिका–३ का २५ वर्षीय रामबहादुर भण्डारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सुर्खेतका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
उनी बुधबार दिउँसो सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदीमा उनी साथीहरूसँग गएका थिए।
पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए।
डिएसपी बोहराका अनुसार बेपत्ता भण्डारी चौकुने गाउँपालिका–१ तालागाउँका प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडी चलाउने चालक हुन्।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।